काठमाडौं – हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई हाइटेरा पीओसी पी–फिफ्टी प्रो डिभाइस २० थान, बडी वर्न क्यामेरा २५ थान, हाइटेरा ई–प्याक युनिट २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीभ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले उक्त उपकरणहरू हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए।
हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गरे। आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उनले व्यक्त गरे।






About Us
प्रतिक्रिया