काठमाडौं – देशभरका विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका– ३ घर भएका ४८ वर्षीय ङिम लाक्पा शेर्पा समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १० बस्ने ३७ वर्षीय किरण लम्साल समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ५ सय २० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका–५ रामनगरस्थित क्याफेमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका– ५ बस्ने ३५ वर्षीय सन्तोष गुप्ता समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया