सन नेपाल लाइफ द्वारा व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने व्यवस्था

सन नेपाल लाइफ द्वारा व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने व्यवस्था



काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीले २०८१ वैशाख २८ गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । ब्याज छुट बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ । यसका लागि सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।