एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा


काठमाडौं– एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच वीरगंज महानगरपालिका १०, आदर्शनगरस्थित उक्त कम्पनीले आफ्नो वीरगञ्ज शाखा तथा प्रादेशिक कार्यालय सोही नगरको वडा नं ४मा नव निर्मित भवनमा स्थानान्तरण गर्दै बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो ।

सो कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायतको उपस्थिति थियो । कार्यक्रममा मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतिले नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंककमा हालसम्म करिब १४ लाख ग्राहकहरू रहेका छन् ।