नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति रहेका मलेकुलाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको वैशाख १८ गते सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीमा तानसेन न.पा. १, पाल्पाका चन्द्रमान मलेकु र सिरान्चोक ८, गोरखाका टेकनाथ ढकाललाई निर्बिरोध निर्वाचित गरेको थियो ।

साथै सर्बसाधारण शेयरधनीको समूहबाट तारकेश्वर –३, नुवाकोटका गणेशमान प्रधान र बोर्लाङ –८ गोरखाका पुकार थापालाई निर्बिरोध निर्वाचित गरेको थियो।