आशा लघुवित्तको नाफा १७ प्रतिशत बढ्यो

आशा लघुवित्तको नाफा १७ प्रतिशत बढ्यो


काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले संस्थाले खुद नाफा ३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको देखाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो। यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७१.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २ हजार ८८८.७० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७८.८९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.६७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । संस्थाको ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसामा सीमित भएको छ। हाल सो संस्थाको चुक्ता पूँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ राखेको छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ८९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।