एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ आजदेखि बिक्री खुला

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ आजदेखि बिक्री खुला


काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु. एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ को आजबाट बिक्री खुला गरेको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने सकिन्छ । उक्त बचतपत्रकाे निष्काशन भने जेठ २९ गते हुनेछ ।

बचतपत्र वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर –आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक नौ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। घटीमा रु. १० हजार र बढीमा रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत खरिदबिक्री गर्न मिल्ने जनाइएको छ।