सिटिजन लाइफको लाभांश घोषणा

सिटिजन लाइफको लाभांश घोषणा


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।