डढेलो निभाउन सिम्रिकले सरकारलाई सहयोग गर्दै

डढेलो निभाउन सिम्रिकले सरकारलाई सहयोग गर्दै



काठमाडौँ–निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सहयोग गर्ने बताएको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न तयार रहेको बताएका छन् । तर सरकारले तत्परता देखाउन जरुरी रहेको जोशीको भनाई छ । हेलिकप्टर मार्फत पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा आगो निभाएको स्मरण गराउँदै जोशी भन्छन् ‘सरकाले ठोस योजना सहित काम गर्ने औपचारिक योजना ल्याए सिम्रिक तयार छ । ’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो । डढेलोको कारण वायुमण्डल प्रदुषण हुँदा पोखराको विमानस्थल एक हप्ता प्रभावित भएको थियो ।