व्यवसायी अनिल महेश्वरी सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित

व्यवसायी अनिल महेश्वरी सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित


काठमाडौं–  व्यवसायी अनिल महेश्वरी ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३–२०२४’ सम्मानित बाट सम्मानित भएका छन्। व्यवसायी महेश्वरी आफ्नो कम्पनी स्टाटस टेडिङ प्राइभेट लिमिटेडमार्फत उत्कृष्ट उत्पादन बिक्री गरेबापत सो अवार्डबाट सम्मानित भएका हुन् । 

व्यवसायी महेश्वरीकाे कम्पनीले ग्रीन प्यानल ल्यामिनेट फ्लोरिङका भारत र नेपालका वितरकहरूबीच दोस्रो ठुलो वितरकको रूपमा उत्कृष्टता हासिल गर्दे ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३–२०२४’ पाएकाे हाे।

व्यवसायी महेश्वरी विगत २६ वर्षदेखि नेपालको फर्निसिङ क्षेत्रमा सक्रिय छन् । प्रेस्टिज कार्पेट उद्योगका निर्देशक समेत रहेका महेश्वरीले आफ्ना उत्कृष्ट उत्पादन नेपालका साथै भारतीय बजारहरुमा पनि बिक्री वितरण गर्दै आएका छन् ।

उनी भारतीय ब्राण्ड किङ कोयलको नेपालका लागि आधिकारिक बिक्रेता समेत हुन् । यसका साथै  जेमहोम टेक्सटाइल नामक सोफाका लागि कपडा उत्पादन गर्ने उद्योगका साथै अन्य कम्पनीहरु पनि सञ्चालन गर्दे आएका छन् । पछिल्लो समय उनका उत्पानहरुले फर्निसिङ क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दे आएका छन् ।