हिमालयन बैंकद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई क्यामेरा प्रदान

हिमालयन बैंकद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई क्यामेरा प्रदान


काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई तीन लाख सात हजार पाँच सय रूपैयाँ बराबरको ‘चेष्ट स्ट्राप’ सहित पाँच थान ‘‘गोप्रो हिरो १२’ क्यामरा दिएकाे छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग गरेको हो ।

बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृतपवन अग्रवाल, मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका हुन्। उक्त समारोहमा बैंक तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।