काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको सहभागितामा चालु आर्थिक वर्षको बजेट समिक्षा तथा भावि रणनीतिक लक्ष्य, योजना तर्जुमा र नेतृत्व विकास तालिम सम्बन्धि बिजनेश स्टयाटेजी मीट २०८१ पोखराको टुकी रिसोर्टमा उत्साहका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरामा तीन दिनसम्म भव्य रुपमा सञ्चालन भई सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा डा. योगी विकासानन्द रहेका थिए । उनले सहभागिहरुलाई जीवन जीउने कला र तनाव व्यवस्थापन सम्बन्धी प्रयोगात्मक र प्रबचनका माध्यमबाट प्रशिक्षण दिएको कम्पनीले बताएको छ । सिए राजन मगरले लेखा तथा एकाउन्टसँग सम्बन्धित अनुपात व्यवस्थापन तालिम दिएका थिए । साथै, चालु आर्थिक वर्षको बजेट समिक्षा तथा भावी रणनितीका सम्बन्धमा कर्जा तथा अनुगमन विभाग प्रमुख भिमसेन माझी, लेखा तथा योजना विभाग प्रमुख सुमन श्रेष्ठले समन्वय तथा रणनितीक योजनामा प्रस्तुती छलफल गर्नु भएको थियो । तालिम विभाग प्रमुख एलिजा ज्ञवालीले वित्तीय साक्षरताको सामाजिक भुमिका तथा यसको महत्वका बारेका प्रशिक्षण दिए ।
साथै, मानव संशाधन विभाग प्रमुख राज कुमार घिमिरेले प्रशासनिक विषयमा प्रशिक्षण दिए । सोही कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक दिपेन्द्र खतिवडाले संस्थागत सुशाशन, शाखा प्रबन्धको जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए । संस्थाका प्रमुख कार्यकारी प्रमुख जीवन खनालले टिम मिलेर कार्य गर्दा आगामि दिनमा संस्थाले थप उचाई लिने तथा लघुवित्त क्षेत्रमा यस वित्तीय संस्थाको छुट्टै पहिचान हुने बताए ।
वित्तीय संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठले शाखा प्रबन्धक तथा व्यवस्थापनलाई अहिले अवस्थामा उच्च आदर्शबाट प्रेरित भई कार्य गर्न तथा संस्थामा कार्यरत सवैलाई धन्यवाद दिए । साथै, आफ्नो अमुल्य समय प्रदान गरि सवैलाई प्रशिक्षण दिनु हुने श्रद्धेय गुरु डा. योगी विकासानन्दलाई विशेष आभार व्यक्त गरे ।





About Us
प्रतिक्रिया