नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आइतबार यस कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । अब हितग्राहीको खातामा बोनस जम्मा भए पश्चात खरिदबिक्री गर्ने सकिनेछ ।