शेयर बजारमा दोहोरो अंकको गिरावट , कारोबार रकम कति ?

शेयर बजारमा दोहोरो अंकको गिरावट , कारोबार रकम कति ?


काठमाडौं – साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी गिरावट देखिएको छ। आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ । आज माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज ४२ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ। आज दिनभर ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।