मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन  इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालयसँग सहकार्य

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन  इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालयसँग सहकार्य


काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमका बीच बैंकले काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा ,ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।