कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेकाे छ। बैंकले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेकाे हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।