काठमाडौं– न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजालाई काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ। यी दुई प्लाजाले अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको हो ।
यी दुवै प्लाजा वडा नम्बर २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित तीन आर्थिक वर्षको कर तिरेको छैन । बहाल कर दुवैले तिरेका छैनन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले दुवै कम्प्लेक्स सञ्चालकसँग करसम्बन्धी विवरण माग्दा कर नतिरेकाे देखिएको हो ।



About Us
प्रतिक्रिया