घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार तोलामा दुई हजारले बढेको सुनको मूल्य आज एक हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेका छ । त्यस्तै, तेजावी सुन प्रतिोला एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।