काठमाडौं– वायु प्रदूषणले करिब एक सातादेखि नेपालको पर्यटकीय राजधानी पोखराको उडान प्रभावित भएको छ । शुक्रबारबाट वायु प्रदूषणले गर्दा उडानलाई प्रभावित पार्दै आएको छ । तर आज १२ बजेर ४० मिनेटबाट फेरी उडान तथा अवतरण नियमित भएको पोखरा विमानस्थलका एटीसी चिफ योगेन्द्र कुवँरले जानकारी दिए ।
पोखराको आकाशलाई तुवाँलोले ढाकेको कारण वायुसेवाहरूलाई उडान तथा अवतरणमा आवश्यक भिजिविटीलै नपुगेकाले गर्दा समस्या भएको हो । जसका कारण उडान तथा अवतरणलाई प्रभावित भइरहेका छन् । पछिल्लो समय देशका अधिकांश ठाउँमा डढेलो लागिरहेका कारण वायुमण्डल प्रदूषण रहेको छ । वायुमण्डल प्रदूषणका कारण सुरक्षा खतरालाई ध्यानमा राखेर मात्र उडान भर्न निर्देशन गरिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।
भुलका अनुसार उक्त प्रदूषण हट्न पानी पर्नु पर्ने अथवा हावाले उडाउन सक्नुपर्छ। काठमाडौंबाट पोखराको लागि आन्तरिक उडानका बुद्ध, यती र श्री एयरलाइन्सले दैनिक ६० वटा उडान तथा अवतरण काठमाडौं–पोखरामा गर्दै आएका छन् । डोमेष्टिक तर्फ पोखरा सबै भन्दा धेरै उडान हुने विमानस्थल हो ।
प्रतिक्रिया