एनआईसी एशिया बैंकले धितोमा रहेको जग्गा बिक्री गर्दै

एनआईसी एशिया बैंकले धितोमा रहेको जग्गा बिक्री गर्दै


काठमाडौं – एनआईसी एशिया बैंकले तपशीलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्न बोलपत्र आव्हान गरेको छ ।

बैंकले धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्री बोलपत्र आव्हान सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि ऋणीले ऋण कर्जा भुक्तानीमा ध्यान नदिएको र बैंकसँग गरेको ऋण कर्जा सम्बन्धी सर्त बन्देजहरू उल्लघंन गरेको भन्दै ऋण कर्जाको सुरक्षण बापत ऋणीले धितो लेखिदिएको तपसिलमा उल्लेखित सम्पत्ति लिलाम मार्फत बिक्री गर्न सात दिने सूचना प्रकाशित गरेको हो ।

धितोमा रहेको उक्त सम्पत्तिहरू गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले सूचना प्रकाशनको मितिले सात दिनभित्र कार्यालय समयमा उल्लेखित शर्तहरुको अधिनमा रही बोलपत्र फाराम भर्न आग्रह समेत गरेको छ ।

बोलपत्र फाराम उक्त बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, राधा भवन, त्रिपुरेश्वर, काठमाडौंमा आई पुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ। बैंकले सुर्खेतको वीरेन्द्रनगर ,नवलपरासी, हुम्ला लगायतका स्थानको धितोमा रहेको जग्गा विक्री गर्न लागेको हो ।