नबिल बैंककाे वीरगञ्ज शाखाबाट रकम चोरी गर्ने २ जना पक्राउ

नबिल बैंककाे वीरगञ्ज शाखाबाट रकम चोरी गर्ने २ जना पक्राउ


वीरगन्ज– पर्सा प्रहरीले पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

अज्ञात समूहले सोमबार बिहानीपख ४ बजेतिर बैंकको बाइपास शाखाबाट रकम चोरी गरेका हुन् ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको थियाे ।