नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारणसभा आह्वान गरेको छ ।

वैशाख २६ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आफूसँग भएको सेयर संख्याको ४० प्रतिशत १० बराबर ४ कित्ता का दरले अंकित मूल्यमा सेयर पाउने छन् ।

वैशाख २७ गतेका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ कायम हुनेछ ।