उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने अनुमान

उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने अनुमान



काठमाडौँ –केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक १.६० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । यस्तो बताएको हो ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक १.९८ प्रतिशत० रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको छ।