सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण



काठमाडौं–अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।

एसिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

धेरै जसो आसियान देशहरूमा लचिलो घरेलु उपभोगदेखि प्रशान्त टापु देशहरूमा पर्यटनमा तीव्र वृद्धिसम्म यस क्षेत्रले विविध वृद्धि चालकहरूलाई अँगालेको आइएमएफले बताएको छ ।

निकट–अवधि जोखिमहरू अहिले व्यापकरूपमा सन्तुलित छन् । मुद्रास्फीतिमा कमी र पहिलेको मौद्रिक सहजताको सम्भावनाले नरम अवतरणको सम्भावना बढेको आइएमएफले उल्लेख गरेको छ ।