पर्यटन बोर्डमा सीईओ नियुक्ति अनिश्चितकालका लागि स्थगित

पर्यटन बोर्डमा सीईओ नियुक्ति अनिश्चितकालका लागि स्थगित


काठमाडौं– नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिश्चितकालको लागि स्थगित भएको छ । पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै नियुक्ति प्रक्रिया स्थगित भएको हो ।

पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै मुद्दाको टुंगो नलागेसम्म पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले कुनै काम कारबाही गर्न पाउने छैनन् ।