भाडामा कार्यालय भवन खोज्दै नबिल बैंक

भाडामा कार्यालय भवन खोज्दै नबिल बैंक


काठमाडौं– नबिल बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानन्तरणका लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजि गरेको छ । बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा भाडामा कार्यालय भवन खोजेको हो ।

बैंकले भाडामा भवन उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न पनि आग्रह गरेको छ । बैंकले प्रस्तावित भवनमा पानी, बिजुली तथा पार्किङ्गको सुविधा सहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, सडक विस्तार योजनामा नपरेको हुनुपर्ने, भवनको भूई तल्लामा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनु पर्ने, शाखा कार्यालय संचालानार्थ घटीमा १५ बर्षको लागि भवन उपलब्ध गराउनु पर्ने, बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गर्ने उल्लेख गरेको छ ।