सिम्रिकको हेलिकप्टर र कतार एयरवेजको जहाज ठोकिनबाट जोगिए

सिम्रिकको हेलिकप्टर र कतार एयरवेजको जहाज ठोकिनबाट जोगिए


काठमाडौं– मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको विमान र सिम्रिक एयरको हेलिकप्टर ठोकिनबाट जोगिएको छ ।

कतार एयरको विमान नजिक सिम्रिक एयरको हेलिकप्टर पुगेपछि ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास) ले ट्राफिक एडभाइजरी (टीए) जारी गर्दै कतार एयरलाइन्सका पाइटललाई सचेत गराएको थियो ।

विमानस्थल प्रवक्ता सुभास झाका अनुसार टिकासले टिए जारी गर्दा कतार र सिम्रिक एयरको होरिजेन्टल दूरी करिब २ माइल तथा भर्टिकल दूरी करिब २०० फिट रहेको थियो । झाका अनुसार सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि के कारणले यस्तो भएको हो अनुसन्धान सुरु गरिएको छ ।