प्रभु बैंकमा दुईजना सञ्चालक नियुक्त

प्रभु बैंकमा दुईजना सञ्चालक नियुक्त


काठमाडौं- प्रभु बैंक लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । हिजो अर्थात् बैशाख १७ गते बसेको सञ्चालक समितिको तीन सय अठ्तीसौं बैठकले सेयरधनीको तर्फबाट एक र सर्वसाधारण समूहबाट एक गरी दुई जनालाई नियुक्त गरेको हो ।

समितीले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंङ्ग कार्की र सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा भावना बलायरलाई नियुक्त गरेको छ ।