सुनको मुल्य स्थिर, चाँदीको मूल्यमा भने गिरावट

सुनको मुल्य स्थिर, चाँदीको मूल्यमा भने गिरावट


काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर हुँदा १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।