सिईडिबि हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिईडिबि हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौँ–सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आव २०७७/७८ र २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १९ गते बुकक्लोज गर्दैछ । हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०।५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख ३१ गतेका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

आज वैशाख १८ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।