राष्ट्र बैंकद्वारा बोलपत्र अस्वीकृत गरी खरिद कारबाही रद्द

राष्ट्र बैंकद्वारा बोलपत्र अस्वीकृत गरी खरिद कारबाही रद्द


काठमाडौं– नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तगर्तको पूर्वाधार विकास महाशाखाले बोलपत्र अस्वीकृत गरी खरिद कारबाही रद्द गरिएको सूचना निकालेको छ । केन्द्रीय बैककाे पूर्वाधार विकास महाशाखाले आज सो सूचना निकाल्दै बोलपत्र अस्वीकृत गरी खरिद कारबाही रद्द गरिएको जानकारी दिएको हाे ।

जारी सूचनामा भनिएको छ, ‘यस बैंकको सानोठिमी, भक्तपुरस्थित जग्गामा भौतिक संरचनाहरु निर्माण गर्ने कार्यको लागि मिति
२०७९/०८/२३ मा विद्युतीय खरिद प्रणालीको माध्यमबाट आह्वान भएको बोलपत्रको लागि पेश हुन आएका सम्पूर्ण बोलपत्रहरु सार्वजनिक खरिद ऐन,२०६३ को दफा २३ को उपदफा (२) र (३) बमोजिम सारभूतरुपमा प्रभावग्राही नभएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा (१) को खण्ड (क) तथा नेपाल राष्ट्र बैंक खरिदविनियमावली (संशोधन सहित), २०७१ को विनियम ६८ बमोजिम सम्पूर्ण बोलपत्रहरु अस्वीकृत गरी खरिद कारबाही रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’