एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनिया

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनिया


काठमाडौं – एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा आवद्ध भई विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका खनिया प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन्।

नेपाल बैंकमा आन्तरिक लेखा परीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपालमा शाखा प्रमुखको रूपमा प्रवेश गरेका थिए । त्यसपछि, बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेतृत्वदायी भूमिकामा रही व्यावसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान पुर्याउँदै आएका छन् । 

हाल उनले बैंकको स्ट्राटिजी पर्फमेन्स म्यानेजमेन्ट इकोसिस्टम/एक्सपेरियन्स एसुरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्। खनियाले बैंकको विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफोर्मसनल जर्नीमा योगदान पुर्याउँदै आएका छन्।