कामना सेवा विकास बैंक र आइएनजीए सपिङ्ग कम्प्लेक्सबीच सम्झौता

कामना सेवा विकास बैंक र आइएनजीए सपिङ्ग कम्प्लेक्सबीच सम्झौता


काठमाडौं–कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आइएनजीए सपिङ्ग कम्प्लेक्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले सपिङ्ग कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।