सजकताका साथ विद्युतीय भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

सजकताका साथ विद्युतीय भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्दा सजकता अपनाउनु पर्ने उल्लेख गरेको छ। केन्द्रीय बैंकले आज एक भिडियो सामाग्री सार्वजनिक गर्दै विद्युतीय भुक्तानी गर्दा सजकता अपनाएर गर्नुपर्ने बताएको हो।

केन्द्रीय बैंकले पछिल्लो समय विद्युतीय भुक्तानीका प्रयोगकर्ता बढ्दै जाँदा विभिन्न किसिमका समस्याहरु आएको भन्दै समयमा सचेत हुन आग्रह गरेको छ। बैंकले वित्तीय सचेतनाका लागि भन्दै जारी गरेको भिडियोमा भनिएको छ, ‘सामान खरिद गर्ने क्रममा रुपैयाँ ठिक छ कि छैन, नाम, ठेगाना सबै कुरा एकिन गरेर मात्रै कारोबार गर्नुपर्दछ ।’

त्यस्तै, राष्ट्र बैंकले भुक्तानीका क्रममा आफु गल्ती गर्दै बैंक तथा वित्तीय संस्थालाई आरोप लगाउन नहुँने समेत उल्लेख गरेको छ।