काठमाडौं–शुक्रबार सुनको मूल्य रु. एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला रु. १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
योसँगै तेजावी सुनको मूल्य पनि आज तोलामा रु. एक हजार चार सय रुपैयाँले बढेर रु. १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दै रु. १ हजार ६ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । ।
प्रतिक्रिया