सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि मौद्रिक नीति निर्माण गर्नेछौं : राष्ट्र बैंक

सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि मौद्रिक नीति निर्माण गर्नेछौं : राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकले सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने बताएको छ ।

केन्द्रीय बैंकले आफ्नो ६९ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै निर्माण गरिने नीति व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्ने समेत जनाएको छ ।

साथै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउन सदा समर्पित रहने प्रतिबद्धता राष्ट्र बैंकको छ ।