काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई बीमा सम्मेलन

काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई बीमा सम्मेलन


काठमाडौं– इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालकाे आयोजनामा काठमाडाैंमा शुक्रबार (भाेलि) एक दिने अन्तर्राष्ट्रिय हवाई बीमा सम्मेलन हुने भएकाे छ । आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ को शुक्रबार विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा उद्घाटन हुनेछ ।

कार्यक्रममा  नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात हवाई बीमा सर्भेएर लगायतको सहभागीता हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञसहित ५ जना वक्ता रहेका छन् ।

जसमा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष मनोज कार्की, एभिएसन सर्भेयर अजित कुमार कोक्केरी, यूआईबी एभियसनका म्यानेजिङ डाइरेक्टर मिलेस टफ्स, शिखर इन्स्योरेन्सका सीईओ तथा इन्स्योरेन्स इन्सिच्युटका डाइरेक्टर दिप प्रकाश पाण्डे र नागरिक उड्डयन प्राधिकरणका  डेपुटी डाइरेक्टर हंसराज पाण्डे रहेका छन् । सम्मेलनमा बीमा क्षेत्रसँग सम्बन्धी समग्र विषयमा कार्यपत्र पेस तथा छलफल गरिनेछ ।