लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण


काठमाडौं–लक्ष्मी सनराइज बैंकले आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका दुई शाखा स्थानान्तरण गरेको हो ।

जसमा काठमाडौं महानगरपालिकाको महाराजगन्जमा रहेका २ शाखामध्येबाट १ शाखा भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २, बालकोटमा स्थानान्तरण गरिएको हो । योसँगै काठमाडौं महानगरपालिकाको पेप्सिकोलाका २ मध्ये १ शाखा पनि भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ८, बोडेमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण गरेसँगै बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास लिएको छ । हाल लक्ष्मी सनराइज बैंकले ५९ जिल्लामा २५८ शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने बैंकका ३२१ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।