प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत


काठमाडौं–प्रभु बैंक लिमिटेडका संस्थापक शेयरधनी समूह तर्फका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ।

आज विहान ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गरेका सापकोटाले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।