आइएमई जनरल इन्स्योरेन्स र पिक–मीबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र पिक–मीबीच सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहक महानुभावहरुको रु. १,००,०००÷– (अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा उक्त हस्ताक्षर समारोहमा जानकारी गराउनुभयो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पिक मीका चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मीका अध्यक्ष लगायत पिक मी टिमलाई धन्यवाद दिनुभयो पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।