बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बिहीबार)अधिक तरलता व्यवस्थापन गर्न बैकिङ्ग प्रणालीबाट रकम खिच्ने भएको छ । केन्द्रीय बैंकले आज एकैपटक बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको हो।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको चैत २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।