अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, नेपाल एसबिआई बैंक प्रथम

अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, नेपाल एसबिआई बैंक प्रथम


विराटनगर–नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशमा अवस्थित १५ वटा वाणिज्य बैंकको सभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा अमित कोइराला र अनिल खत्री सम्मिलित नेपाल एसबिआई बैंक प्रथम भयो भने निकिता लुइटेल र गोपाल प्रसाद चापागाँई सम्मिलित नेपाल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्दा नम्रता दाहाल र रुपेश पाण्डे सम्मिलित स्ट्याण्डर्ड चार्टर्ड बैंक तृतीय स्थान हासिल गर्न सफल भयो ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई वैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, प्रमाणपत्र, ट्रफी तथा मेडलबाट पुरस्कृत गरिने छ ।