बैंकहरुमा करिब २ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

बैंकहरुमा करिब २ अर्ब लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले करिब रू. २ अर्ब रुपैयाँ बढी बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको कुल रू. १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागिएको जानकारी दिएकाे छ।

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपका रूपमा राख्नेछ। केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रू. १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रू. २९ करोड १६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रू. ९ करोड ७२ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखिनेछ।

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले वैशाख १४ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे छ।