पोखरा र भैरहवाबाट पनि उडान गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

पोखरा र भैरहवाबाट पनि उडान गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार कतारी अमिर शेख तमिम बिल हमाद अल थानीसँगको द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्न आग्रह गरेका हुन् ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारी पत्रहरू (एमओयू) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुवै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए हुन् । दुई दिनको औपचारीक भ्रमण सकेर कतारका राजा अल थानी आजै स्वदेश प्रस्थान गरेका छन् ।