सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त, विगत ८ वर्षदेखि सञ्चालक रहेको अनुभव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन्। बैंक संचालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ। 
पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही काम गरिसेका पौडेल पेशाले हाइड्रो इन्जिनियर हुन्। नर्वेबाट हाइड्रोपावर डेभलोपमेन्टमा स्नातकोत्तर गरेका पौडेल हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन्।  हाइड्रो विज्ञका रुपमा समेत परिचित पौडेल विगत २४ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका छन्।