कुमारी बैंकको लिलामी शेयरमा खरिद आवेदन दिने म्याद थप

कुमारी बैंकको लिलामी शेयरमा खरिद आवेदन दिने म्याद थप


काठमाडौं – कुमारी बैंकको साढे ४ लाख कित्ता शेयर खरिदमा आवेदन दिने म्याद थपिएको छ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको बैंकको साढे ४ लाख कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको हो ।

गत वैशाख ३ गतेबाट बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको थियो। यो शेयरमा हिजो वैशाख ११ गतेसम्म खरिद आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको थियो।

तर, हिजो सार्वजनिक बिदा दिइएकोले अब वैशाख १८ गतेसम्म खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।