डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त


काठमाडौं– डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त भएकी छिन्। सचिवालयलाई थप विस्तार गर्ने क्रममा बैंकले दरवन्दी सिर्जना गर्दे डंगोललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालिन सनराइज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव छ।