एटीएमबाट पैसा झिक्दा खाताबाट पैसा काट्यो तर आएन भने कति दिनमा फिर्ता हुन्छ ?

एटीएमबाट पैसा झिक्दा खाताबाट पैसा काट्यो तर आएन भने कति दिनमा फिर्ता हुन्छ ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाको लागि नयाँ सन्देश जारी गरेको छ । ग्राहकहरुलाई वित्तीय कारोबार सम्बन्धी सचेत गराउन केन्द्रीय बैंकले एटीएटमबाट पैसा निकाल्दा देखिने प्राविधिक समस्या सम्बन्धी सन्देश जारी गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भनिएकाे छ,‘ कार्ड प्रयोग गरेर एटीएटमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याको कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।’

बैंकले यस्तो समस्या देखिए कार्ड जारी गर्ने बैंक र प्रयोग भएको एटीएम एउटै भएमा एकदिन भित्र रकम फिर्ता गर्नुपर्ने सन्देशमा उल्लेख गरेकाे छ । त्यस्तै, कार्ड जारी भएको बैंक र एटीएम फरक भएमा तीन दिनभित्र रकम फिर्ता गर्नुपर्नेछ।

यसैगरी कार्ड जारी गर्ने बैंक र एटीएम फरक हुनुका साथै विदेशी भएमा तीस दिनभित्र रकम फिर्ता गर्नुपर्ने बैंकले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ।