नेपाल राष्ट्र बैंक विराटनगरले अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता गर्दै

नेपाल राष्ट्र बैंक विराटनगरले अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता गर्दै


काठमाडौं–नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वैशाख १२ गते बैंकको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा १५ बैंकले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमलाई वैशाख १४ गते कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गर्ने बैंकले जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदानसहित विभिन्न खेलकुदका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।