बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि सूचना जारी गरेको छ ।
अनलाइन फाराम भर्न सकिने छ । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।
५ मंसिरभित्र दरखास्त दिन सकिने छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा भने धेरै संख्यामा कर्मचारी मागेको छ ।
प्रतिक्रिया